Menu Close

एलीना चौहान छुट्नु पर्यो भन्छिन ‘बिर्सुला कसरी’ ???

Share

माघ २८, काठमाडौं । दिपक शर्माकोटाको शब्द / संगीतमा एलीना चौहान र धुर्ब बीसकोको आवाजमा ‘बिर्सुला कसरी’ सामजिक संजालमा मार्फत् सार्बजनिक भएको छ।

दिपक शर्माको शब्द / संगीत रहेको गीतमा पछिलो समयकी चर्चित/सबैको लोक प्रिय गायिका एलीना चौहान र धुर्ब बीसकोको समुधुर स्वर रहेको छ। यस गीतको संयोजन रिकेश गुरुङले गरेका हुन् भने प्रिज्मा स्टुडियोमा रेर्कडीङ्ग गरेको हो र यस गीतको मिक्स / मास्टरिङ्ग श्याम श्वेत रसाइलीले गरेका हुन् । यस गीतमा माया पिरती भावनाका कुरालाई समेटीएको छ।

एक पछि अर्को सुपर हिट गीत गाउन सफल / पछिलो समयकी चर्चित /सबैको लोक प्रिय गायिका एलीना चौहान र आर्यन खरेल को अभियनय रहेको छ।


देव जंग थापाले निर्देशन गरेको यस भिडियोलाई अरोन अशोककुमार एस आइ सी ए ले छायांकन गरेका हुन् र उक्त भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । ‘बिर्सुला कसरी’ गीतलाई एलीना चौहानको अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ ।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 

👇
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *