माघ २८, काठमाडौं । हरि लम्सालको शब्द / संगीतमा गायक वासुदेव के.सी. र गायिका विद्या तिवारीको आवाजमा ‘टुना मुना’ गीत सामजिक संजालमा मार्फत् सार्बजनिक भएको छ।
उक्त गीतमा हरि लम्सालको शब्द / संगीत रहेको छ भने सबैको लोक प्रिय गायिका विद्या तिवारी र वासुदेव के.सी. को स्वर रहेको छ। यस गीतको संगीत संयोजन/मिक्स / मास्टरिङ्ग शैलेन्द्र एम प्रधान (बाबु ) गरेका हुन्।
उक्त भिडियोमा मोडल जेविका कार्की र राजिव थापाको अभिनय हेर्न सकिन्छ ।
मण्दीप बखुंछेले निर्देशन गरेको यस भिडियोलाई मिलन एक्स तामाङ्ग र मण्दीप बखुंछेले छायांकन गरेका हुन् र भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । भिडियोलाई मनोज सापकोटाको कन्सेप्ट तयार पारेको हो। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस
