माघ २९, काठमाडौं । राजु गिरीको निर्देशनमा र स्व. श्रीकृष्ण श्रेष्ठको डुप्लिकेट भनेर चर्चा बटुलेका टिकटक ब्वाई प्रकाश चन्दको डेब्युमा चलचित्र ‘तिम्रो हुने कहिले’ चैत २७ गते देखि देश भरि रिलिज हुने भएको छ।
चलचित्र निर्माण पक्षले बुधबार पहिलो पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
यस चलचित्रमा प्रकाश चन्द / करुणा पाण्डे, मीना जि.सि. सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेको छ । टिकटक भाईरल प्रकाश चन्दको ‘तिम्रो हुने कहिले’ डेब्यु सिनेमा हो ।
क्लासिक फ्रेमको प्रस्तुति रहेको चलचित्र ‘तिम्रो हुने कहिले’ को निर्माता भने सुधन धिताल / श्याम खत्री रहेका छन्।
राजु गिरीले निर्देशन गरेको चलचित्र ‘तिम्रो हुने कहिले’ मा काजिश श्रेष्ठ, सुनिता वस्नेतको कोरियोग्राफ, रामकृष्ण चौलागाईंको छायाँँकन, देव महर्जनको द्वन्द्व, बाबुल गिरीको सङ्गीत रहेको चलचित्रको गीतमा सुजता केसीको स्वर रहेको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
Share