माघ २९, काठमाडौं । सबैको लोक प्रिय गायक मोहन खड्का र मिठो स्वरकी धनी पछिलो समयकी चर्चित/सबैको लोक प्रिय गायिका शान्ती श्री परियारको आवाजमा ‘करोडौको महल’ सार्बजनिक भएको छ।
यस गीतमा माया प्रेम/बिछोड र चोखो मायालाई पैसामा साट्न खोजेको कुरालाई देखाउन खोजेको छ।
उक्त गीतमा मान बहादुर मगरातीको शब्दमा र गणेश अधिकारीको संगीतमा सबैको लोक प्रिय गायक मोहन खड्का र पछिलो समयकी चर्चित/मिठो स्वरकी धनी शान्ती श्री परियारको समुधुर स्वर रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ। मालाश्री स्टुडियोमा रेर्कडीङ्ग गीतलाई खडक बाजुरालीले मिक्स / मास्टरिङ्ग गरेका हुन् । यस गीतको रेकर्डिष्ट बिमल छिनाल/ गोबिन्द पराजुली हुन्।
नेपाली गीत संगीतको क्षेत्रमा मोहन खड्काले मैलो रिबन/ मनपरेको भेना / चिसो महिना पुसैको र शान्ती श्री परियारले बोल माया /गलबन्दी / मायालु आजलाई जस्ता सुपर हिट गीत गाएर सबै मन जित्न सफल हुनु भएको छ।
अहिलेको चर्चित/बेस्थ मोडल बिमल अधिकारी/सगुन शाही र मन्जीला बुढाथोकीको अभियनय देख्न सकिन्छ । निशान बानियाले निर्देशन गरेको यस भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् । पानस डिजिटलको प्रस्तुती रहेको ‘करोडौको महल’ गीतलाई मोहन खड्काको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ ।
सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस ![]()