माघ २९, काठमाडौं । मिठो स्वरकी धनी / सबैको लोक प्रिय गायिका मेलिना राई र नारायण थापाको आवाजमा ‘तिम्रो आकर्षणले’ गीत सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।
उक्त गीतमा आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीत रहेको छ र पछिलो समयकी चर्चित/मिठो स्वरकी धनी/सबैको लोक प्रिय गायिका मेलिना राई र नारायण थापाको समुधुर स्वर रहेको छ भने संगीत संयोजन किरण कंडेलको रहेको छ। यस गीतलाई शम्भु कुमार तण्डुकारले मिक्स / मास्टरिङ्ग गरेका हुन् ।
यस भिडियोमा टिकटक ब्वाई सुधिर श्रेष्ठ र प्रतिक्षा काफ्लेको अभियनय देख्न सकिन्छ ।
यस म्युजिक भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् र सम्पादन बिकाश दाहालको रहेको छ र म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । यस भिडियोको कोरीयोग्राफर केशव राज भट्टले गरेका हुन्। तिम्रो आकर्षणले भिडियोलाई बेष्ट म्युजिक नेपाल अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस ![]()