माघ ३०, काठमाडौं । पुष्प खड्का,श्रद्धा क्षेत्रीको अभिनय,अर्जुन पोखरेलको सङ्गीत , अन्जु पन्त र सुगम पोखरेलको स्वरमा रहेको ‘कृष्ण लीला’ चलचित्रको पहिलो गीत ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।
चलचित्र ‘कृष्ण लीला’ चैत २७ गते देखि देश भरि रिलिज हुने भएको छ।
चलचित्र निर्माण पक्षले माघ ३० गते ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
यस चलचित्रमा पुष्प खड्का,श्रद्धा क्षेत्री ,बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको सम्पुर्ण छायांकन इलाम र झापाको विभिन्न स्थानमा गरिएको छ ।
आरआर फिल्मस्को ब्यानरमा रोहित कटेलको प्रस्तुति रहेको चलचित्र ‘कृष्ण लीला’ को निर्माता प्रकाश राज कार्की / केवल तामांग रहेका छन् भने सह-निर्माता पिताम्बर आचार्य / रोजन श्रेष्ठ रहेका छन्।
दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र ‘कृष्ण लीला’ को पहिलो गीत ‘कुनै दिन यस्तो पनि’ मा रामजी लामीछानेको कोरियोग्राफ र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । बाबु श्रेष्ठ र शिब ढकालको छायाँँकन,अर्जुन जि.सी. को सम्पादन र कलर रेनिश फागोको रहेको छ। पुरुषोत्तम ढुंगेल /नारायण सापकोटाको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको चलचित्रको गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वरमा रहेको सो गीतमा पुष्प र श्रद्धा फिचर्ड छन् ।
सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस