Menu Close

ज्ञानेन्द्र गिरिको संगीत,अन्जु पन्तको स्वरमा ‘चन्दा’ श्रेया र प्रिन्स्पनको रोमान्स

Share

फागुन ०१ , काठमाडौं । पछिलो समयको चर्चित संगीतकार ज्ञानेन्द्र गिरिको संगीतमा मिठो स्वरकी धनी पछिलो समयकी चर्चित/सबैको लोक प्रिय गायिका अन्जु पन्त र सुरज श्रेष्ठको आवाजमा ‘चन्दा’ गीतलाई सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।

यस गीतमा माया प्रेमको कुरालाई देखाउन खोजेको छ। प्रणय दिबसको अवसर पारेर यस ‘चन्दा’ गीतलाई सार्बजनिक गरेको हो।

नेपाली गीत संगीतको क्षेत्रमा ज्ञानेन्द्र गिरिको शब्दमा / संगीतमा आधी भयो/ नामसारी / माया लाउन म संग जस्ता गीतबाट सबै मन जित्न सफल हुनु भएको छ।

उक्त गीतमा प्रिन्स्पन कार्कीको शब्द / ज्ञानेन्द्र गिरिको संगीत रहेको छ भने सबैको लोक प्रिय / पछिलो समयकी चर्चित/मिठो स्वरकी धनी गायिका अन्जु पन्त र सुरज श्रेष्ठको समुधुर स्वर रहेको छ भने संगीत संयोजन गणेश चौधरीको रहेको छ। ड्रिम्स स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई प्रकाश के सी ले मिक्स / मास्टरिङ्ग गरेका हुन् र दिपेन धामीले रेकर्ड गरेका हुन्।

यस भिडियोमा अहिलेको चर्चित मोडल / टिकटक स्टार श्रेया सिटौला र प्रिन्स्पन कार्कीको अभियनय देख्न सकिन्छ ।प्रिन्स्पन कार्कीले निर्देशन गरेको यस भिडियोलाई नरेश ऐरले छायांकन गरेका हुन्। भिडियोलाई नबिन निरौलाले सम्पादन र कलर गरेका हुन् । ‘चन्दा’ म्युजिक भिडियोलाई PRISANSAA HOUSE अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *