फागुन ०१ , काठमाडौं । पछिलो समयको चर्चित सर्जक प्रल्हाद सुबेदीको शब्द र गायक तथा चर्चित संगीतकार योगेश काजीको संगीतमा मिठो स्वरकी धनी पछिलो समयकी चर्चित गायिका मेलिना राई र सबैको लोक प्रिय गायक कुलेन्द्र बिश्वकर्माको आवाजमा ‘जुनकिरी’ गीत सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।
यस गीतमा माया प्रेमको कुरालाई देखाउन खोजेको छ। प्रणय दिबसको अवसर पारेर यस ‘जुनकिरी’ गीतलाई सार्बजनिक गरेको हो।
नेपाली गीत संगीतको क्षेत्रमा कुलेन्द्र बिश्वकर्माले सालको पात सुपर हिट गीत गाएर सबै मन जित्न सफल हुनु भएको छ।
उक्त गीतमा प्रल्हाद सुबेदीको शब्द / योगेश काजीको संगीत रहेको छ भने पछिलो समयकी चर्चित/मिठो स्वरकी धनी गायिका मेलिना राई र सबैको लोक प्रिय गायक कुलेन्द्र बिश्वकर्माको समुधुर स्वर रहेको छ भने संगीत संयोजन योगेश काजीको रहेको छ।
प्रिस्म स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई श्यामस्वेत रसाइलीले मिक्स / मास्टरिङ्ग गरेका हुन्।
यस भिडियोमा चर्चित गायक कुलेन्द्र बिश्वकर्मा / चर्चित नायिका निता ढुंगना / मनिषा सिलवाल र नथुनी जैसवालको अभियनय देख्न सकिन्छ । मौसम हिमालीले निर्देशन/ कोरेयोग्राफर गरेको यस भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन्। भिडियोलाई प्रविन भट्टले सम्पादन र कलर गरेका हुन् । ‘जुनकिरी’ म्युजिक भिडियोलाई कुलेन्द्र बिश्वकर्मा अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस ![]()