फागुन ०२, काठमाडौं । पछिलो समयको चर्चित / सबैको लोक प्रिय गायक नरेश खात्ती र मिठो स्वरकी धनी गायिका निर्मला थापा मगरको आवाजमा ‘माया लायर’ गीत सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।
यस गीतमा माया प्रेमको कुरालाई देखाउन खोजेको छ। प्रणय दिबसको अवसर पारेर यस ‘माया लायर’ गीतलाई सार्बजनिक गरेको हो।
नेपाली गीत संगीतको क्षेत्रमा नरेश खात्तीले माया मारेर / पिपलु बर र मेक्सम खात्तीले तिम्रो रुपैको जादु / मेरी छोरी / सानु कहाँ छौ जस्ता सुपर हिट गीत गाएर सबै मन जित्न सफल हुनु भएको छ।
उक्त गीतमा पछिलो समयका चर्चित गीतकार नेत्र अर्यालको शब्द / संगीत रहेको छ भने सबैको लोक प्रिय गायक नरेश खात्ती र निर्मला थापा मगर स्वर रहेको छ भने संगीत संयोजन बिश्वास नेपालको रहेको छ। यस गीतलाई कुमार रानाले मिक्स / मास्टरिङ्ग गरेका हुन्। र
सुमन राना / खुमन रानाले रेकर्ड गरेका हुन्।
यस भिडियोमा टिकटक स्टार गीता ढुंगना र चर्चित लोक गायक मेक्सम खात्तीको अभियनय देख्न सकिन्छ । बिक्रम चौहानको कथा/निर्देशनमा बनेको भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् र ड्रोने अप्रेटर सन्तोष महराले गरेका हुन्। भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन र कलर गरेका हुन् । ‘माया लायर’ भिडियोलाई निर्मला थापा मगरको अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस
