Menu Close

‘टाढा भए पनी’ मा (पि.एम.जोडी) पल शाह र मालिका महतको रोमान्स

Share

फागुन ०२, काठमाडौं । सबैको लोक प्रिय गायिका अस्मिता अधिकारीको आवाजमा र सबैको लोक प्रिय नायक पल शाह र सुन्दरी नायिका मालिका महत (पि.एम.जोडी) को अभिनयमा ‘टाढा भए पनी’ म्युजिक भिडियो सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।

यस गीतमा माया प्रेमको कुरालाई देखाउन खोजेको छ। प्रणय दिबसको अवसर पारेर यस ‘टाढा भए पनी’ गीतलाई सार्बजनिक गरेको हो।

सबैको लोक प्रिय नायक पल शाहले सयौ म्युजिक भिडियो खेलेर सबै मन जित्न सफल हुनु भएको छ र यस (पि.एम.जोडी) ले अहिले सबै दर्शक को मन मुटुमा बस्न सफल हुनु भएको छ।

उक्त गीतमा उर्गेन दोंगको शब्द / संगीत रहेको छ भने मिठो स्वरकी धनी / सबैको लोक प्रिय गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने संगीत संयोजन उर्गेन दोंगको रहेको छ। सर्गम स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई दिपेश प्रधानले मिक्स / मास्टरिङ्ग गरेका हुन्।

यस भिडियोमा (पि.एम. जोडी) पल शाह र मालिका महतको अभियनय देख्न सकिन्छ । बिबेक रसाइलीको कथा/निर्देशनमा बनेको भिडियोलाई उज्वल जोशीले छायांकन / सम्पादन र कलर गरेका हुन् । ‘टाढा भए पनी’ भिडियोलाई केन्द्र मोशन पिक्चर्स अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *