Menu Close

पल शाह र स्वस्तिमा खड्काको ‘ज्यानमारा मुस्कान’ ले मार्यो भुतुकै ???

Share

फागुन ०२, काठमाडौं । मिठो स्वरकी धनी/सबैको लोक प्रिय गायिका समिक्षा अधिकारी र नेपाल लोक स्टार बिजेता गायक सनी बिश्वोकर्माको आवाज रहेको ‘ज्यानमारा मुस्कान’ म्युजिक भिडियो सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।

प्रणय दिबसको अवसर पारेर यस ‘ज्यानमारा मुस्कान’ गीतलाई सार्बजनिक गरेको हो।

सबैको लोक प्रिय नायक पल शाहले सयौ म्युजिक भिडियो खेलेर सबै मन जित्न सफल हुनु भएको छ र अहिले सबै दर्शक को मन मुटुमा बस्न सफल हुनु भएको छ।

उक्त गीतमा दुर्लव के.सी. को शब्द / संगीत रहेको छ भने मिठो स्वरकी धनी / सबैको लोक प्रिय गायिका समिक्षा अधिकारी र नेपाल लोक स्टार बिजेता गायक सनी बिश्वोकर्मा स्वर रहेको छ भने राग स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई संगीत संयोजन / मिक्स / मास्टरिङ्ग आशिष अविरलले गरेका हुन् भने मनोज परियार रेकर्ड गरेका हुन्।

यस भिडियोमा सबैको लोक प्रिय नायक पल शाह र सुन्दरी नायिका स्वस्तिमा खड्काको अभियनय देख्न सकिन्छ । गम्विर बिस्टको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् र नबिन निरौलाले सम्पादन र कलर गरेका हुन् । यस भिडियोको कोरेयोग्राफर सुबोल थापाले गरेका हुन्। ‘ज्यानमारा मुस्कान’ भिडियोलाई हाईलाइटस नेपाल अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *