फागुन ०२, काठमाडौं । मिठो स्वरकी धनी/सबैको लोक प्रिय गायिका सुनिता दुलाल र सबैको लोक प्रिय गायक प्रताप दाषको आवाज रहेको ‘बाँसको कप्टेरो’ लोक गीत सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।
प्रणय दिबसको अवसर पारेर यस ‘बाँसको कप्टेरो’ गीतलाई सार्बजनिक गरेको हो।
नेपाली गीत संगीतको क्षेत्रमा गायक प्रताप दाष र सुनिता दुलालले सयौ गीत गाएर अहिले सबै दर्शक को मन मुटुमा बस्न सफल हुनु भएको छ।
उक्त गीतमा अमृत खात्तीको शब्द र सुरज अधिकारीको संगीत रहेको छ भने मिठो स्वरकी धनी / सबैको लोक प्रिय गायिका सुनिता दुलाल र सबैको लोक प्रिय गायक प्रताप दाषको स्वर रहेको छ भने संगीत संयोजन कमल सौरागले गरेका हुन्। एक्शन स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्स / मास्टरिङ्ग गरेका हुन् भने पवन बिश्वोकर्माले रेकर्ड गरेका हुन्।
यस भिडियोमा पछिलो समयको चर्चित मोडल बिना राउत/ गीता ढुंगना र सरोज राना/ उत्कल ऋषि थापाको अभियनय देख्न सकिन्छ । गम्विर बिस्टको निर्देशनमा बनेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् र राजकुमार श्रेष्ठले सम्पादन र प्रविन श्रेष्ठले कलर गरेका हुन् । यस भिडियोको कोरियोग्राफर सुबोल थापाले गरेका हुन्। ‘बाँसको कप्टेरो’ भिडियोलाई सुनिता दुलालको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस ![]()