फागुन ०३, काठमाडौं । टि आर गौडेलको शब्द र पछिलो समयको चर्चित / सबैको लोक प्रिय गायक निशान भट्टराईको आवाज रहेको ‘न आउनु है भेट्न’ गीत सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।
यस गीतमा माया/प्रेमको र बिछोडको कुरालाई देखाउन खोजेको छ।
आफुलाई भन्दा बढी माया गरेकी मायालुले एक्कासी छोडेर गए पछि कसको मन रुदैन र!!!
छोडेर जानु पनि उसको वाध्यता थियो होला शायद!!!
वाध्यताले छोडेर गए पनि, माया त माया नै हो नि, कहाँ चटक्कै भुल्न सकिन्छ र !!!
प्रेम धोकाले कुलतमा लागेको प्रेमीलाई कुलतबाट छुटाउन चाएकी प्रेमिका र आफ्नो कुलतले गर्दा झन् पीडित भएकी प्रेमिकाको आँसु देख्न नसकी मृत्यु अगालेको कहानी देखाइएको छ यहाँ। माया हुदा-हुदै विछोड हुनु परेको मार्मिक पीडा को ज्वलन्त उदाहरण छ यहाँ।
उक्त गीतमा टि आर गौडेलको शब्द र बाबुल गिरिको संगीत रहेको छ भने र सबैको लोक प्रिय गायक निशान भट्टराईको स्वर रहेको छ भने संगीत संयोजन बाबुल गिरिले गरेका हुन्। ड्रिम्स स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई प्रकाश के सी ले मिक्स / मास्टरिङ्ग गरेका हुन् भने दिपेन्द्र धामीले रेकर्ड गरेका हुन्।
यस भिडियोमा चर्चित मोडल रियाशा दाहाल / प्रथम छेत्री / भिम खड्काको अभियनय देख्न सकिन्छ । टि आर गौडेलको निर्देशनमा बनेको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् र शिलन लम्सालले सम्पादन र कलर गरेका हुन् । ‘न आउनु है भेट्न’ भिडियोलाई टि आर गौडेलको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस ![]()