Menu Close

बरिष्ठ गायक नरेन्द्र प्यासीको आवाजमा ‘कस्तो यो खेल’ सार्बजनिक (भिडियोसहित)

Share

फागुन ०३, काठमाडौं । लोक प्रिय संगीतकार अनिल खनालको संगीतमा सुमधुर स्वरका धनी सर्वप्रिय बरिष्ठ गायक नरेन्द्र प्यासीको आवाज रहेको ‘कस्तो यो खेल’ गीत सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।

यस गीतमा माया/प्रेमको र बिछोडको कुरालाई देखाउन खोजेको छ।

उक्त गीतमा गणेश बाबु अधिकारी/हिमाल गौतमको शब्द र लोकप्रिय संगीतकार अनिल खनालको संगीत रहेको छ भने र सुमधुर स्वरका धनी सर्वप्रिय बरिष्ठ गायक नरेन्द्र प्यासीको स्वर रहेको छ भने संगीत संयोजन सुदिप सागरले गरेका हुन्। ड्रिम्स स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई मिक्ससिङ्ग मनोज परियार र मास्टरिङ्ग आशिस अविरलले गरेका हुन् भने एच बि एन किस्मत रेकर्ड गरेका हुन्।

यस भिडियोमा चर्चित मोडल सनाम कठायत / सम्झना गौतम / माला कुँवरको अभियनय देख्न सकिन्छ । बिनोद बमको निर्देशनमा बनेको भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् र बिनोद बमले सम्पादन र कलर गरेका हुन् । ‘कस्तो यो खेल’ भिडियोलाई रेसुंगा कृएशनको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *