Menu Close

तिलक बस्नेतको ‘काला कोटैले’ मा बिनोद/गरिमा/श्रेयाको अभिनय (भिडियोसहित)

Share

फागुन ०४, काठमाडौं । सबैको लोक प्रिय गायक तिलक बस्नेत र सबिना य़ोङ्घनग लिम्बुको आवाज रहेको ‘काला कोटैले’ गीत संजाल सार्बजनिक भएको छ।

यस गीतमा माया / प्रेमको कुरालाई देखाउन खोजेको छ।

उक्त गीतमा तिलक बस्नेतको शब्द र संगीत रहेको छ। सबैको लोक प्रिय गायक तिलक बस्नेत र सबिना य़ोङ्घनगको लिम्बुको स्वर रहेको छ । संगीत संयोजन सुदिप सागरले गरेका हुन्। वान डि. बि. एच.डि. स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई मिक्ससिङ्ग एच.बि. एन. किस्मतले गरेका हुन् भने बिमल छिनाल रेकर्ड गरेका हुन्।

यस भिडियोमा चर्चित मोडल बिनोद बस्नेत / गरिमा शर्मा / श्रेया सिटौला / रमेश जंग कुँवर / लिशा बिलाशको अभियनय देख्न सकिन्छ । शिव बि.क.को निर्देशन/कोरीयोग्राफरमा बनेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् र मिलन बिश्वकर्माले सम्पादन र कलर गरेका हुन् । ‘काला कोटैले’ भिडियोलाई Eenkashi Entertainment को आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताए। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *