Menu Close

प्रमोद खरेलको ‘काली काली टिकटक वाली’ सार्बजनिक (भिडियोसहित)

Share

फागुन ०४, काठमाडौं । लोक प्रिय गायक प्रमोद खरेलको आवाज र चर्चित नायक पल शाह र चर्चित मोडल अर्जुन गौतम / टिकटक स्टार गीता ढुंगाना/उषा उप्रेतीको अभियनय रहेको ‘काली काली टिकटक वाली’ गीत सार्बजनिक भएको छ।

उक्त गीतमा सौगात संग्रामको शब्द र राजकुमार बगरको संगीत रहेको छ। सबैको लोक प्रिय प्रमोद खरेलको स्वर रहेको छ । संगीत संयोजन कमल सौरागले गरेका हुन्। यस गीतको मिक्स/मास्टरिङ्ग राजकुमार बगरले गरेका हुन् ।

यस भिडियोमा चर्चित नायक पल शाह र चर्चित मोडल अर्जुन गौतम / टिकटक स्टार गीता ढुंगाना/उषा उप्रेतीको अभियनय देख्न सकिन्छ । सान थापाको निर्देशन र राजिव समरको कोरीयोग्राफरमा बनेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् र सुप्रिम पराजुलीले सम्पादन र कलर गरेका हुन् । ‘काली काली टिकटक वाली’ भिडियोलाई प्रमोद खरेलको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताए। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *