काठमाडौं । पूर्णकला बि सी र धन दर्लामी मगरको आवाजमा ”लुकी लुकी” (कमेडी) बोलको गीत सार्वजनिक भएको छ।
उक्त गीतमा एच. बि. रसाइलीको शब्द / संगीत रहेको छ। संगीत संयोजन कमल सौरागले गरेका हुन् । उक्त गीतमा पूर्णकला बि. सी. र
धन दर्लामी मगरको स्वर रहेको छ।
समिर थोकरको निर्देशन रहेको उक्त भिडियोमा बिक्रम लामा / कविता घिसिंग / राजकुमार स्यांग्तनको अभियनय देख्न सकिन्छ ।रोनिश तामांगले छायांकन गरेको भिडियोलाई मिन रावलले सम्पादन गरेका हुन् । ”लुकी लुकी” म्यूजिक भिडियो एच. बि. रसाइली अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । भिडियोलाई बि.बि.सी.फिल्मस् ले निर्माण गरेको हो। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :