काठमाडौं । मुकुन्द महत / मनिषा गजमेरको आवाज र कृष्णहरि चौलागाईं / एसतारा गैरेको अभियनयमा ”रिसको झोकैमा” बोलको गीत सार्वजनिक भएको छ।
उक्त गीतमा मुकुन्द महतको शब्द / संगीत रहेको छ। संगीत संयोजन एच. बि. रसाइलीले गरेका हुन् । उक्त गीतमा मुकुन्द महत र
मनिषा गजमेरको सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई कुमार रानाले मिक्स / मास्टरिङ्ग र सुमन राना / खुमन रानाले रेकर्ड गरेका हुन् ।
समिर थोकरको निर्देशन रहेको उक्त भिडियोमा कृष्णहरि चौलागाईं र एसतारा गैरेको अभियनय देख्न सकिन्छ । सुशील डाँगीले छायांकन गरेको भिडियोलाई हिमाल सागर हिङमाङले सम्पादन गरेका हुन् । ”रिसको झोकैमा” म्यूजिक भिडियो एच.बि.रसाइली अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । भिडियोलाई बि.बि.सी.फिल्मस् ले निर्माण गरेको हो। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :