काठमाडौं । रत्न गुरुङको शब्द नारायण बाबु कोइरालाको आवाजमा ”तिम्रो शहर” बोलको गीत सार्वजनिक भएको छ।
उक्त गीतमा रत्न गुरुङको शब्द / बिक्रम थापाको संगीत रहेको छ। संगीत संयोजन/ मिक्स / मास्टरिङ्ग बिशन मानन्धर ले गरेका हुन् । उक्त गीतमा नारायण बाबु कोइरालाको सुमधुर स्वर रहेको छ।
गीतले माया प्रेम र बिछोड कुरालाई देखाउन खोजेको छ।
जीवन शाहीको निर्देशन रहेको उक्त भिडियोमा रजनी के सी र दृष्य सुबेदीको अभियनय देख्न सकिन्छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन र कलर गरेका हुन् । ”तिम्रो शहर” म्यूजिक भिडियो ओ. एस. आर. डिजिटल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :