Menu Close

‘कृष्ण लीला’ गीत ‘डियर बन्न मन छ’ मा पुष्प र श्रद्धाको रोमान्स

Share

काठमाडौं । अर्जुन पोखरेलको सङ्गीत निशान भट्टराई र समिक्षा अधिकारीको स्वरमा रहेको ‘कृष्ण लीला’ चलचित्रको दोस्रो गीत बोलको गीत सार्वजनिक भएको छ।

चलचित्र ‘कृष्ण लीला’ चैत २७ गते देखि देश भरि रिलिज हुने भएको छ।

चलचित्र निर्माण पक्षले चलचित्र ‘कृष्ण लीला’ को दोस्रो गीत ‘डियर बन्न मन छ’ सार्वजनिक गरेको छ ।

यस चलचित्रमा पुष्प खड्का,श्रद्धा क्षेत्री ,बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको सम्पुर्ण छायांकन इलाम र झापाको विभिन्न स्थानमा गरिएको छ ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कटेलको प्रस्तुति रहेको चलचित्र ‘कृष्ण लीला’ को निर्माता प्रकाश राज कार्की / केवल तामांग रहेका छन् भने सह-निर्माता पिताम्बर आचार्य / रोजन श्रेष्ठ रहेका छन्।

दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र ‘कृष्ण लीला’ को दोस्रो गीत ‘डियर बन्न मन छ’ मा रामजी लामीछानेको कोरियोग्राफ र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । बाबु श्रेष्ठ र शिब ढकालको छायाँँकन,अर्जुन जि.सी. को सम्पादन र कलर रेनिश फागोको रहेको छ। नारायण पर्साद बास्कोटाको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको चलचित्रको गीतमा निशान भट्टराई र समिक्षा अधिकारीकोको स्वरमा रहेको सो गीतमा अभिनेता पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, भावना गुरुङ र रविन्द्र झा फिचर्ड छन् ।

सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *