Menu Close

तुल्सा रोकायाको ‘छोएर हेर’ म्यूजिक भिडियो सार्वजनिक

Share

काठमाडौं । तुल्सा रोकायाको आवाजमा जीवन भट्टराई र तुल्साकै अभियनयमा ‘छोएर हेर’ बोलको गीत सार्वजनिक भएको छ। उक्त
गीतमा तुल्सा रोकायाको शब्द / संगीत रहेको छ भने तुल्साकै स्वर रहेको छ। गीतको संगीत संयोजन भिशन मानन्धरले गरेका हुन ।

प्रकाश धितालको निर्देशन रहेको उक्त भिडियोमा जीवन भट्टराई र तुल्सा रोकायाको अभियनय देख्न सकिन्छ । उत्सव दाहालले छायांकन गरेको सो भिडियोलाई विकाश दाहालले सम्पादन तथा कलर गरेका हुन् । ‘छोएर हेर’ म्यूजिक भिडियो ओएसआर युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ।

तुल्सा रोकायाको बारेमा छोटो जानकारी :

सल्यान जिल्लामा जन्मिएकी तुल्सा रोकाया रोकाया नेपाली आधुनिक पप गीत सगितको क्षेत्रमा अब्बल गायिका हुन । उनी २०७२ सालबाट निरन्तर गीत सगितमा लागिरहेकी छन । उनले हालसम्म ६ दर्जनभन्दा बढी गीत गाएकी छन । उनी गीतमात्रै गाउँदिनन संगित भर्न पनि उतिकै माहिर छिन । हालसम्म गाएका गीतहरुमा तुलसा आफैले शब्द लेखेकी छन भने सगित पनि तुलसा आफैले भरेकी छन । तुलसा यसै क्षेत्रबाट अगाडी बढ्ने सोचमा छिन ।

उनको सबैभन्दा पहिलो गीत कदमकदममा साथ देउ हो । यी सँगै उनका मलाई चौबन्दी चोली मन पर्छ, नाकैमा लाउने फूली, हिमाली लेकैमा, तिमी छौ माया, कहिले होला तिमीसँग मिलन लगायतका रहेका छन । उनले भनिन, ‘आर्थिक अभाव निकै भोग्नुपरेको छ ।’ यति धेरै समय गीत सगित क्षेत्रमा लाग्दा पनि चर्चामा आउन नसकेको गुनासो गर्छिन । रोकाया भन्छिन ‘मैले यति धेरै गीत सगित गरेँ तर खासै अरु समक्ष चिनाउन सकिन ।’

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *