काठमाडौं । कमल सुशान्त के.सी. र सुनिता बुढा छेत्रीको आवाज विजय पुन र सचिन परियारको अभियनयमा ‘मुसु मुसु नहास’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा सबिता कार्कीको शब्द कमल सुशान्त के.सी.को संगीत रहेको छ। उक्त गीतमा स्वर लोक प्रिय गायक कमल सुशान्त के.सी.र सुनिता
बुढा छेत्रीको रहेको छ । गीतको संगीत संयोजन सुदिप सागरले गरेका हुन्। प्रिज्मा स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई श्यामस्वेत रसाइलीले
मिक्स / मास्टरिङ्ग गरेका हुन्।
समिर थोकरको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा सबिता कार्की / विजय पुन / पुण्य गौतम / तेजेन्द्र परियारको अभियनय देख्न सकिन्छ भने बाल कलाकारमा सचिन परियार र रुलोशना रहेका छन् । सुशील डाँगीले छायांकन गरेको भिडियोलाई पदम सुबेदीले सम्पादन/ मिलन बिश्वोकर्माले कलर गरेका हुन् । ‘मुसु मुसु नहास’ म्यूजिक भिडियो Kamal Sushant kc अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । ‘मुसु मुसु नहास’ म्यूजिक भिडियोको निर्माता सबिता कार्की हुन्। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :