काठमाडौं । ज्ञानेन्द्र गिरिको शब्द / संगीत मिठो स्वरको धनी मेलिना राई र लोक प्रिय गायक पबिन्द्र सुनारको आवाज पल शाह र प्रियाना आचार्यको अभियनयमा ‘दिन्छौकी मायाले’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा ज्ञानेन्द्र गिरिको शब्द / संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरको धनी मेलिना राई र लोक प्रिय गायक पबिन्द्र सुनारको स्वर रहेको छ । अलंकार स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन / मिक्स / मास्टरिङ्ग गरेका हुन् भने राजन राईले रेकर्ड गरेका हुन्।
राजिव समरको निर्देशन / कोरीयोग्राफर रहेको उक्त भिडियोमा पल शाह र प्रियाना आचार्यको अभियनय देख्न सकिन्छ। ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् । यस भिडियोको निर्माता रामकान्त न्यौपाने हुन्। ‘दिन्छौकी मायाले’ म्यूजिक भिडियो नमस्ते पल्स अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :