काठमाडौं । मिठो स्वरको धनी मेलिना राई र लोक प्रिय गायक अनिल गजमेरको आवाज केशव भट्टराई र तेजश्विनी बाँस्कोटाको अभियनयमा ‘मेरो जीवनको चाहना’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा रबिन टोटोको शब्द र मनरथ कालीकोटेको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरको धनी मेलिना राई र लोक प्रिय गायक अनिल गजमेरको स्वर रहेको छ। गीतलाई टंक लिम्बू रोमीले संगीत संयोजन गरेका हुन्।
केशव भट्टराईको निर्देशन / कोरीयोग्राफर रहेको उक्त भिडियोमा केशव भट्टराई र तेजश्विनी बाँस्कोटाको अभियनय देख्न सकिन्छ। सागर पौडेलले छायांकन गरेको भिडियोलाई सागर आफैले सम्पादन गरेका हुन् । गीतको भिडियोमा सोम मग्रातीको श्रृंगार रहेको छ। ‘मेरो जीवनको चाहना’ म्यूजिक भिडियो जे.आर. म्यूजिक अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :