Menu Close

प्रियजन राईको निर्देशनमा ‘माया जालैमा’ सुशान्त र सोनीको रोमान्स

Share

काठमाडौं । मिठो स्वरको धनी मेलिना राई र लोक प्रिय गायक बासुदेव राईको आवाज सुशान्त आर.टी र सोनी लगुनको अभियनयमा ‘माया जालैमा’ बोलको गीत सार्वजनिक भएको छ ।

भिडियोमा सुशान्त आर.टी र सोनी लगुनले रोमान्स गरेका छन् ।

गीतमा शिव संगम राईको शब्द / संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक बासुदेव राई र मिठो स्वरको धनी मेलिना राईको स्वर रहेको छ । गीतलाई सुन्दर लामाले मिक्स / मास्टरिङ्ग / संगीत संयोजन गरेका हुन्।

प्रियजन राईको निर्देशन बिकाश नेपालीको कोरीयोग्राफर रहेको उक्त भिडियोमा सुशान्त आर.टी र सोनी लगुनको अभियनय देख्न सकिन्छ। मोहन कुमार “झिल्लु”ले छायांकन भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । ‘माया जालैमा’ म्यूजिक भिडियो बासुदेव राई अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *