काठमाडौं । लोक प्रिय गायक रुद्रसेन बिश्वकर्मा र सोनी कुमारीको आवाज अनु शाह र दिपक झाको अभियनयमा ‘कत्त स एल्ही गोरी’ बोलको गीत सार्वजनिक भएको छ।
लोक प्रिय गायक रुद्रसेन बिश्वकर्माले नेपाली / भोजपुरी / मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाई सकेका छन् ।
भिडियोमा अनु शाह र दिपक झाले रोमान्स गरेका छन्।
गीतमा कुन्दन गुप्ताको शब्द / पारस मणिको संगीत /संगीत संयोजन रहेको छ। उक्त गीतमा लोकप्रिय गायक रुद्रसेन बिश्वकर्मा / सोनी कुमारीको स्वर रहेको छ ।
प्रदिप कुमार रसाइलीको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा अनु शाह र दिपक झाको अभियनय देख्न सकिन्छ । दीपक गिरिले छायांकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन/कलर गरेका हुन् । ‘कत्त स एल्ही गोरी’ म्यूजिक भिडियो Rudrasen Bishwakarma अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । ‘कत्त स एल्ही गोरी’ म्यूजिक भिडियोको निर्माता नीर कुमारी बिश्वकर्मा (सबिना ) हुन्। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :