काठमाडौं । लोक प्रिय संगीतकार भिम बि.सी.को संगीत लोकप्रिय गायक चन्द लामा र मिठो स्वरको धनी मेलिना राईको आवाजमा ‘एकै नजरैमा’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा सोम राज तामांग (राज घलान)को शब्द र भिम बि सी को संगीत रहेको छ। उक्त गीतमा लोकप्रिय गायक चन्द लामा / मिठो स्वरको धनी मेलिना राईको स्वर रहेको छ । पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ। मेलोडी नेपाल स्टुडियोमा रेकडिङ्ग गरेको गीतलाई साजन शाहले मास्टरिङ्ग गरेका हुन्।
राहुल बराईलीको निर्देशन नबिन बि.क.को कोरीयोग्राफर रहेको उक्त भिडियोमा सुधिर श्रेष्ठ / बिना राउत / रमेश रम्तेल नेपाली / त्रिशाना बसेल / दमन रुपाखेती / श्री शक्ति बरालीको अभियनय देख्न सकिन्छ । हरि घलेले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन/कलर गरेका हुन् । ‘एकै नजरैमा’ म्यूजिक भिडियो Budha Subba Digitalअफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :